२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अन्ततः बाँके एमाले अध्यक्षमा किस्मत कक्षपति निर्विरोध निर्वाचित



नेपालगन्ज । झण्डै २ दिनको प्रयासपछि एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित बनेका छन् । अध्यक्ष मण्डलले प्रस्ताव गरेका अक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुंगले उम्मेदवारी फिर्ता लिएसँगै कक्षपति निर्विरोध निर्वाचित भएका हुन् । यसअघि आज मध्यान्ह अध्यक्ष पदमा उम्मेदवारी दिएका अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएका थिए ।

‘निरक जीले उम्मेदवारी फिर्ता लिनु भयो, अव बल्ल कक्षपति अध्यक्षमा निर्विरोध अध्यक्ष बन्नु भयो भन्न सकिन्छ, घोषणा गर्न बाँकी छ ।’ निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले भने । शनिबार देखिनै सर्वसम्मत अध्यक्ष भन्दै समाजिक सञ्जालमा बधाई आएपनि अध्यक्ष आज साँझ ४ः३० बजे मात्र सर्बसम्मत अध्यक्ष बनेका हुन् ।

उपाध्यक्षमा यसअघि नै डिल्ली बीसी निर्विरोध बनिसकेका छन् भने सचिवमा सर्वसम्मत बनाउने प्रयास जारी रहेको सदस्य बस्नेतले बताए । अध्यक्ष मण्डलको प्रूतावमा परेका रत्न खत्रीका बिरुद्ध सचिव पदमा बलराम भट्टराईले उम्मेदवारी दिएका छन् । सहसचिवमा महिला तर्फ भुमिश्वरा धिताल निर्बिरोध नर्विाचित भएकी छिन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ०९ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई