७ चैत्र २०८२, शनिबार | March 21, 2026

ग्लोबल रिस्क रिपोर्ट २०२२ : नेपालका लागि यी हुन् सबैभन्दा ठूला पाँच खतरा



काठमाडौं । विश्वमा पर्यावरणसँग जाेडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताकाे नाेक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएकाे छ । नेपालमा पनि पछिल्लाे समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएकाे छ ।

हालकाे अवस्थामा त काेभिड-१९ सबैभन्दा ठूलाे चुनाैती बनेर खडा भएकाे छ ।

तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) द्वारा जारी ‘ग्लोबल रिस्क रिपोर्ट २०२२’ अनुसार नेपालमा सबैभन्दा ठूलाे खतरा राेजगारी र जिविकाेपार्जनमा संकट रहेकाे छ ।

डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेराेजगारीकाे समस्या बढ्दै गएकाे छ । त्यसपछि दाेस्राे ठूलाे खतराकाे रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेकाे छ । प्राकृतिक स्राेतकाे बढ्दाे दाेहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएकाे हाे ।

तेस्राे ठूलाे खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएकाे छ भने चाैथाेमा संक्रामक राेगकाे संक्रमण खतरा रहेकाे छ । नेपालमा काेभिड-१९ मात्र हाेइन विभिन्न खाले संक्रामक राेगकाे प्रकाेप बेलाबेला फैलने गरेकाे छ ।

पाँचाै नम्बरमा डिजिटल असमानता र लामाे समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएकाे छ । प्रविधिकाे क्रान्तिसँगै डिजिटल प्रयाेग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् । जसकारण डिजिटल सेवाका कारण धनि र गरिबबीचकाे खाडल झन बढ्ने आँकलन गरिएकाे हाे । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ । कुल जनसंख्याकाे झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडकाे मार्न नसक्दा समस्या बढेकाे हाे ।

वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ)ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ । जसमा विश्वसामु सबैभन्दा ठूला खतरा पहिचान गरिएकाे हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक संकट, जियो-पाेलिटिक्स र अन्य विषय समावेश गरिएकाे हुन्छ ।

याे वर्ष’ग्लोबल रिस्क रिपोर्ट २०२२’, मा १२४ देशका १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएकाे छ। त्यसबाहेक सर्वे पनि गरिएकाे छ ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ११ : ३१ बजे

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी

आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय