७ आश्विन २०८३, बुधबार | September 23, 2026

निर्वाचन आयोगको प्रश्न संविधानको मर्म र भावना विपरित : राप्रपा अध्यक्ष लिङ्देन



काठमाडौं । राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगको प्रश्नलाई संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ । आयोगको प्रश्नका सम्बन्धमा बसेको पार्टीको पदाधिकारीको बैठकले निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय समेत गरेको छ ।

बैठकले आयोगलाई उपयुक्त समयमा जवाफ दिने समेत निर्णय गरेको राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । । श्रेष्ठका अनुसार बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्रबारे पार्टीमा आन्तरिक छलफल गरी उपयुक्त समयमा जवाफ दिने बैठकले निर्णय गरेको हो।

निर्वाचन आयोगले नेपालको संविधानअनुसार राप्रपाको विधान बाझिएकाले विधानबाट हिन्दु राष्ट्र, राजसंस्था, चुनाव चिन्ह गाई हटाउन पत्राचार गरेको थियो ।

राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ४ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई