२३ बैशाख २०८१, आइतबार | May 5, 2024

स्थानीय चुनावको मिति तोक्न माग गर्दै हेटौंडामा युवा संघको प्रदर्शन



मकवानपुर । स्थानीय तहको चुनावको मिति तत्काल तोक्न माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ ।

नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सत्तारुढ गठबन्धन विरुद्ध प्रदर्शन गरेको हो ।

संघले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने, मूल्य वृद्दि नियन्त्रण गर्नुपर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरेको हो ।

हेटौंडा बजारमा सरकार विरुद्ध प्रदर्शन गरेपछि बुद्धचोकमा आयोजित सभामा संघका नेताहरुले सरकार चुनावदेखि डराएर भागेको आरोप लगाएका थिए ।

युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य आरती पाठक, दिलु घर्ती, युवा संघ मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती, नगर अध्यक्ष राकेश नगरकोटीले सरकारविरुद्ध बोलेका थिए ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ०२ बजे

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले