१३ बैशाख २०८३, आइतबार | April 26, 2026

राष्ट्रियसभाका १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एमाले १ सीटमै सीमित



काठमाडौं । बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

१९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभाको आजको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।

कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन् । उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । निर्वाचनमा अन्यतर्फ उदय बोहोरा (एकीकृत समाजवादी), अपांगरआदिवासीतर्फ नरबहादुर विष्ट ९माओवादी केन्द्र० र महिलातर्फ दुर्गाकुमारी गुरुङ (कांग्रेस) निर्वाचित भएका हुन् ।

गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् ।

त्यस्तै सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार विजयी भए । सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भए ।

महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।

मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् ।

वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : १२ बजे

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले