१४ भदौ २०८३, आइतबार | August 30, 2026

विवादहरुकै बीच आईतबार प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं । संसदमा कायम रहेको विवाद कायम रहेकै अवस्थामा प्रतिनिधि सभाको बैठक माघ १६ आइतबार बस्ने भएको छ । पुस ७ गते बसेको बैठक पछि प्रतिनिभि सभाको त्यस यता बिभिन्न् कारणले बस्न सकेको थिएन । बैठक भोली दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

पुस ७ पछि पुस १८ का लागि राखिएको बैठक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण माओवादी केन्द्रले निवेदन दिएपछि स्थगित भएको थियो भन् पुस २२ गते नेकपा एमालेको बैठकका कारण बस्न सकेको थिएन । त्यस यता पुस २८ र माघ ३ का लागि बोलाइएको बैठक भने कोभिडका कारण स्थगित गरिएको थियो ।

सभामुख अग्नी सापकोटाको राजीनामाको एक सुत्रिय माग राख्दै नेकपा एमालेले जारी राखेको संसद् अवरोध तथा कोरोना संक्रमण उच्च रहेको अवस्थामा माघ १६ गतेका लागि बैठक बोलाइएको छ । प्रतिनिधि सभा बैठकको एजेण्डा तथा आगामी बैठकको मिति तय गर्न भन्दै आइतबार बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जनाएका छन् ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : २१ बजे

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र