१ पुस २०८२, मंगलबार | December 16, 2025

३८.५ प्रतिशत रकम खर्चबारे एमसीसी सम्झौता मौन : भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कुल रकममध्ये ३८ दशमलव पाँच प्रतिशत रकमकाबारे एमसीसी सम्झौता मौन बसेको बताएका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारि गर्न नहुने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर रावलले एमसीसी सम्झौतामा कुल रकमको ३८ दशमलव पाँच प्रतिशत केमा खर्च गर्ने भन्ने उल्लेख नगरेको बताए ।

‘अमेरिकाले सहयोग गर्ने ५० करोड डलर र नेपाल सरकारले हाल्ने १३ करोड रकममध्ये ६१ दशमलव पाँच प्रतिशत रकम सडक र विद्युत् परियोजनामा खर्च गर्ने भनिएको छ,’ उनले भने, ‘बाँकी रकम केमा खर्च गर्ने रु यसबारे केही भनिएको छैन ।’

एमसीसी परियोजनाको रकमको बैंक ब्याजसमेत एमसीसीले लिन पाउने प्रावधान राखिएको भन्दै उनले परियोजनाका विषयमा एमसीसीको एकलौटी निर्णय लागु हुने बताए ।

एमसीसी परियोजनाका विषयमा नेपाल सरकारले कुनै निर्देशनसमेत दिन नपाउने गरी भएको एमसीसी सम्झौता सदनबाट पारित गर्ने र लागु गर्न नहुने नेता रावलको जोड छ ।

एसमीसीले लागु भएमा नेपालले आत्मनिर्णयको अधिकार गुमाउने दाबी गरेका उनले देशमा भएका भ्रष्टाचार र अनियमितता रोक्ने, बेरुजु घटाउँदा एमसीसीबाट प्राप्त हुने रकम देशभित्रबाटै संकलन हुने दाबी गरे ।

सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित सबै सांसदहरूलाई एमसीसी पारित गर्न नहुने भन्दै रावलले स्मरणपत्र पठाएको जानकारी दिए ।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : २३ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच