१५ भदौ २०८३, सोमबार | August 31, 2026

भोलि बस्ने तय भएको प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । बुधबार बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सरकारको आग्रहअनुसार भोलिको बैठक स्थगित भएको बताइएको छ । संसद बैठकलाई सरकारले विजनेश दिने गर्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने योजना बनाएका थिए । तर दलहरुबीच सहमति नभएका कारण भोलिको बैठक स्थगित गरेर थप सहमतिको प्रयास सुरु गर्ने बताइएको छ ।

यसअघि आज दिउँसो संसद सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्यसूचीमा एमसीसी टेबल गर्ने विषय भने समावेश थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

यसअघि माघ १६ गते बोलाइएको बैठक अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : १९ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको