४ पुस २०८२, शुक्रबार | December 20, 2025

संसदमा एमसीसी टेबुल गर्न सभामुखले रोक्न मिल्दैन : कांग्रेस



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सभामुखले एमसीसी रोक्न नपाउने बताएको छ । बुधबार केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आजको बैठकमा एमसीसी र स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल भएको बताए । महतले एमसीसीलाई कसरी स‌ंसदमा टेबुल गर्ने भन्ने विषयमा छलफल भएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी रोक्न नपाउने निष्कर्ष कांग्रेसले निकालेको छ ।

‘बैठकले एमसीसीको बारेमा छलफल गरेको छ । एमसीसी पारित गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौं । सभामुखको काम सरकारले पठाएका विधेयक सदनमा टेबुल गर्ने हो, त्यहाँ छलफल गराउने हो । एमसीसी पनि रोक्न पाउनुहुन्न,’ उनले भने ।

उनले कांग्रेसले एमसीसी बारेको भ्रम जनतामाझ गएर चिर्ने बताएका छन् । यसका साथै बैठकमा स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको