६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देही प्रहरीद्वारा ८६ लाखको अवैध सामान बरामद



बुटवल । रुपन्देही प्रहरीले ८६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ८६ लाख आठ हजार ६०० रुपैयाँ बराबरको अवैध जुत्ता चप्पल बरामद गरी आवश्यक कारबाहीका लागि पिकअप गाडी र दुईजना व्यक्तिलाई सम्बन्धित निकायमा पठाएको छ ।

प्रहरीले बिहीबार दिउँसो साढे १२ बजेको समयमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १ तिनाउपुलमा लु१ज ३१६७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १२ लाख मूल्य बराबरको १८८ जोर जुत्ता र थान कपडा १२ सय ९६ मिटर बरामद गरेको हो ।

त्यसक्रममा पिकअप चालक कृष्ण थापा र गाडीमा सवार तुलसी थारुलाई प्रहरीले नियन्त्रणमा लिई सामान सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको छ ।

साथै उक्त अवैध सामान भण्डारण गर्ने गरिएको अवैध गोदामलाई पहिचान गरी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ५ विकास पथ स्थित रहेको गोदाममा कार्यालयबाट खटिएको प्रहरी टोली र राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।

त्यसक्रममा गोदामभित्र अवैध रूपमा राखिएका ६ हजार १३४ जोर ३१ कार्टुन विभिन्न किसिमका जेन्स तथा लेडिल जुत्ताहरू, पाँच हजार २५० जोर विभिन्न किसिमका जेन्स तथा लेडिज चप्पलहरू र ३२५ जोर सेण्डिल गरी कुल जम्मा ७४ लाख आठ हजार ६०० रुपैयाँ बराबरको सामान बरामद गरी राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : २२ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर