१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

रुपन्देही प्रहरीद्वारा ८६ लाखको अवैध सामान बरामद



बुटवल । रुपन्देही प्रहरीले ८६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ८६ लाख आठ हजार ६०० रुपैयाँ बराबरको अवैध जुत्ता चप्पल बरामद गरी आवश्यक कारबाहीका लागि पिकअप गाडी र दुईजना व्यक्तिलाई सम्बन्धित निकायमा पठाएको छ ।

प्रहरीले बिहीबार दिउँसो साढे १२ बजेको समयमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १ तिनाउपुलमा लु१ज ३१६७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १२ लाख मूल्य बराबरको १८८ जोर जुत्ता र थान कपडा १२ सय ९६ मिटर बरामद गरेको हो ।

त्यसक्रममा पिकअप चालक कृष्ण थापा र गाडीमा सवार तुलसी थारुलाई प्रहरीले नियन्त्रणमा लिई सामान सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको छ ।

साथै उक्त अवैध सामान भण्डारण गर्ने गरिएको अवैध गोदामलाई पहिचान गरी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ५ विकास पथ स्थित रहेको गोदाममा कार्यालयबाट खटिएको प्रहरी टोली र राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।

त्यसक्रममा गोदामभित्र अवैध रूपमा राखिएका ६ हजार १३४ जोर ३१ कार्टुन विभिन्न किसिमका जेन्स तथा लेडिल जुत्ताहरू, पाँच हजार २५० जोर विभिन्न किसिमका जेन्स तथा लेडिज चप्पलहरू र ३२५ जोर सेण्डिल गरी कुल जम्मा ७४ लाख आठ हजार ६०० रुपैयाँ बराबरको सामान बरामद गरी राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : २२ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर