१६ भदौ २०८३, मंगलबार | September 1, 2026

नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेवल गर्न नरोक्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने तर संशोधन नगरि पास गर्न नदिने निर्णय गरेको छ । आज बसेको पार्टी स्थायी कमिटीको दोस्रो बैठकले यथास्थितीमा एमसीसीलाई संसदबाट पास गर्न नसकिने निर्णय गरेको सो पार्टीले जनाएको छ । यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता खतिवडाले संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको पुर्ववत धारणालाई नै बैठकले सदर गरेको स्पष्ट पारे । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’ जबरजस्ती टेबुल गरिने कुराको भने पार्टीले बिरोध जनाउने उनले बताए । जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।

एमसीसीको बारेमा पार्टीको १२ औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदलको बनाएको थियो । सो कार्यदलले १४ औँ बैठकमा एमसीसीबारे प्रस्तुत गरेको रिपोर्टमा बिना संशोधन पास गर्न नहुने बताइएको थियो । बैठकमा एमसीसीको रिपोर्टबारे खनालले विवरण प्रस्तुत गरेका थिए । आजको बैठकमा २५ सदस्यले धारणा राखेका थिए ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : ०२ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र