१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एमसीसीविरुद्धको आन्दोलनप्रति ओली आक्रोशित, भने – प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको बताए ।

आफूमाथि ढुंगामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी भागेको भन्दै उनले सरकारमा रहेर सडकमा प्रदर्शन गर्ने र प्रहरीमाथि ईटा प्रहार गरेकोमा आक्रोश व्यक्त गरे ।

‘हिजो मैले देखेँ । तीन चार सय मान्छे सडकमा छन् । दुई हजार, २५ सय पुलिस छन् । ढाल बोकेर पुलिस छेकिएर बस्या छ । अगाडिबाट ढुंगा हानेका छन् । १५ जनाले ढुंगा हान्छ, डेढ सय पुलिस लुकेर बस्नुपरेको छ, किनकि लाठी चलाउने आदेश छैन उसलाई । टिएर ग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैनन् । पानी फोहोरा हान्न जान्छ ट्यांकर । तर, ढुंगा हान्न थालेपछि ब्याक गिएर लगाएर पछि सर्दै भाग्छ । त्यो हान्न सक्दैन, किन भने कोही घाइते भयो भने ट्यांकर चलाउनेको जागिर जान सक्छ,’ अध्यक्ष ओलीले भने, ‘पुलिसहरू घाइते भएका छन् । आज बिहान मैले गृहमन्त्रीलाई भनेँ– तपाइँहरूले पुलिसलाई किन सडकमा पठाउनुहुन्छ रु सत्ताधारी गुटले, शासकहरुले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन् ।’

सडक भत्काएर प्रहरीमाथि ढुंगा हानेकालाई कसैले नरोकेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएको माओवादी केन्द्र र उसका भ्रातृ संगठनप्रति इंगित गर्दै विरोध गरे ।

‘कत्रो मिहेनत र कति खर्च गरेर बाटो बनाएको हुन्छ । ति बाटो भत्काइएको छ । तपाइँहरुले देख्नुभयो होला बाटो भत्काएको, सरकारमा हुने क्रान्तिकारीहरु बाटो बनाउनुपर्ने ठाउँमा भत्काएका छन् । बाटो नभत्कायो भन्ने कोही छैनन् । कस्तो सरकार हो रु अनि प्रहरीमाथि ढुंगा हानेका छन् । बाटो नभत्कायो, प्रहरीमाथि ढुंगा नहान भन्ने कोही छैनन् । प्रहरी कुटाइ खाएर भागेका छन् । खुट्टा भाँचिन लागिसक्यो अनि प्रहरी भाग्नुपरेन,’ अध्यक्ष ओलीले भने, ‘मैले गृहमन्त्रीलाई सोधेँ– के आदेश थियो रु काँचो ढुंगा हान्ने मात्रै आदेश थियो रु पकाएको इँटा मात्र हान्ने आदेश थियो रु के के आदेश थियो रु’

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ३७ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर