१६ भदौ २०८३, मंगलबार | September 1, 2026

कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल जारी



काठमाडौं । नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भैरहेको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए ।

बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो ।

संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन: बेलुका बस्ने बताएका थिए ।

एमसीसी विवादले सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेसँगै ठूला दुई दलले आपसी छलफललाई तीव्रता दिएका हुन् ।

बिहीबार दिउँसो भेट गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता भएको हो।

एमाले अध्यक्ष ओली नेताहरूसहित प्रधान मन्त्री देउवासँग छलफलका लागि पुनस् बालुवाटार पुगेका छन् । ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ्ग पनि छन् । कांग्रेसका महाममन्त्री गगनकुमार थापासहितका नेताहरू पनि छलफलमा सहभाागी छन् ।

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ ।

एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : ४२ बजे

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको

डीएनए परीक्षण उपकरण र हेभी ड्रोनसहित चिनियाँ सैन्य कार्गो विमान नेपालमा

काठमाडौं । चीनले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा