२४ असार २०८३, बुधबार | July 9, 2026

निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन



पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गरे ।

एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको बहुदलीय समाजवादलाई अहिलेको परिस्थिति अनुकूल सिर्जनात्मक ढङ्गले कार्यान्वयन गरिनेविश्वास दिलाए । पार्टीभित्र हरेक तहको कार्याकर्ता नेता भएको बताउँदै उनले प्रत्येकले आफू हाकिम नभई जनताको सेवक हो भन्ने भावनाका साथ खटिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेप्रति आस्था एवम् विश्वास बढ्दै गएको दाबी गरे । आसन्न निर्वाचनका लागि सक्रिय हुन उनले आग्रह गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ५७ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको