२५ असार २०८३, बिहिबार | July 9, 2026

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपनि त्यसबारे आफ्नो धारणा राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

ओलीले एमसीसी लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन मंगलबार दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा हुने बताइएको छ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पनि आजै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने पार्टीले जनाइएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो पत्रकार सम्मेलनमार्फत एमसीसी किन पास गर्नुपर्यो भन्नेबारेमा प्रष्ट पारेका थिए ।

गत १५ फागुनमा प्रतिनिधिसभा बैठकबाट ‘व्याख्यात्मक घोषणा’सहित बहुमतले एमसीसी पारित भएको भोलिपल्ट अर्थात सोमवार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत नै अनुमोदन गराउनुपर्ने कारणका बारेमा प्रस्टीकरण दिइसकेका छन् ।

बिगतमा ‘सुरक्षा रणनीति’ अन्तर्गत रहेको भन्दै संसोधन र परिमार्जन बिना अनुमोदन हुन नसक्ने अडान राख्दै आएको माओवादी केन्द्रले सोमबारबाट एमसीसी ‘आर्थिक सहायता परियोजना’ मात्रै भएको प्रस्टीकरण दिइसकेको छ ।

एमसीसी सम्झौतालाई जस्ताकोतस्तै अनुमोदन गरेमा फरक नपर्ने भन्ने कांग्रेसले पनि बहुमतले अनुमोदन गर्न सहयोग गरेको भन्दै धन्यवाद दिएको छ, भने सोमबार नै बसेको कांग्रेस नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले ‘भ्रम चिर्दै’ एमसीसी पारित गराउन सहयोग गरेको भन्दै औपचारिक रुपमा नै आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : २८ बजे

चीनका लागि ७ पूर्वराजदूतहरूको प्रश्न : के नेपालको एक चीन नीति बदलिएको हो ?

काठमाडौँ । काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी

तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे