५ पुस २०८२, शनिबार | December 20, 2025

एकीकृत समाजवादी बैठक : माधव नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित



काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।

बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन् ।

‘गल्ती नहुने भन्ने हुँदैन । गल्ती हुन्छ । तर, त्यसलाई सच्याउनुपर्छ । समीक्षा गर्नुहोस्,’ उनले भने, ‘गल्ती र कमकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशका काममा लाग्नुहोस् ।’

पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्न्तिक आन्दोलनमा प्रतिगमनकारीका शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ४ : ३० बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र