५ पुस २०८२, शनिबार | December 20, 2025

राम नेपालमै जन्मिएको एमाले अध्यक्ष ओलीको दाबी



पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्‍याएका छन् ।

पोखरामा प्रेस चौतारीको महाधिवेसनलाई सम्बोधन गर्दै उनले भने, रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनको नाम नेगीबाट दशरथ बन्यो ।

ओलीले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताए । ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने’, उनले भने, ‘राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन ।’

सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । ‘रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए’,ओली भन्छन्, ‘कपडा बनिसकेको थिएन । अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : ३६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र