७ आश्विन २०८३, बुधबार | September 23, 2026

संगठनको सम्पर्कमा नआउने पाँच प्रहरीसँग स्पष्टीकरण माग



काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा हाजिर नभएका पाँच प्रहरीसँग स्पष्टीकरण मागेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिरी भएको, खोजविन गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी हवल्दार हरिबहादुर भट्टराई तथा प्रहरी जवानहरू वसन्त चन्द, गौतम केसी, भुवन भण्डारी र कमल विष्टलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।

महानिरीक्षकको सचिवालयका अनुसार बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म हेटौँडामा दरबन्दी रहेका भट्टराई १८ माघदेखि कार्यालयमा हाजिर भएका छैनन् ।

त्यस्तै, नेपाल प्रहरी अस्पतालमा दरबन्दी रहेका चन्द ८ पुस, महानगरीय प्रहरी प्रभाग, तिलिंगेटारमा दरबन्दी रहेका केसी ६ कात्तिक, प्रहरी चौकी आग्रोगाउँ दरबन्दी रहेका भण्डारी ६ माघ र दैलेका प्रमुख जिल्ला अधिकारीको निवासमा दरबन्दी रहेका विष्ट ३० पुसदेखि संगठनको सम्पर्कमा छैनन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई