१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

आज दिउसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने मुख्य सचिव कृष्णप्रसदा पौडेलले बताए । आजको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले बताए ।

स्थानीय चुनावमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको टुंगो केन्द्रबाट लगाइनेछ । आजको बैठकको अजेन्डामा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार छनोटको विषय पनि रहेको उनले बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ ।

आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय दिएको छ । त्यसअघि नै राजनीतिक दलहरुले उम्मेदवार छनोट गरिसक्नुपर्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ४४ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा