८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारतमा धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन: अमेरिकी प्यानल



न्युयोर्क ।  भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग ‘यूएससीआइआरएफ’ ले यस्तो निस्कर्ष निकालेको हो ।

कथित दुव्र्यव्यवहारलाई लिएर प्यानलले देशविरुद्ध लक्षित प्रतिबन्धहरू लगाउन पनि प्यानलले आह्वान गरेको छ । प्यानलले लगातार तेस्रो वर्ष भारतलाई ‘निश्चित चासोको देशहरू’ को अमेरिकी सूचीमा राख्न अनुरोध गरेको छ ।

भारत ‘धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न भएको’ प्यानलले आरोप लगाएको छ ।

‘वर्षभर भारत सरकारले हिन्दू–राष्ट्रवादी एजेन्डालाई बढावा दिने नीतिहरूको प्रवद्र्धन ग¥यो, जसले मुस्लिम, इसाई, सिख, दलित र अन्य धार्मिक अल्पसंख्यकहरूलाई नकारात्मक असर ग¥यो’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘सरकारले देशका धार्मिक अल्पसंख्यकहरूलाई प्रतिकूल हुने गरी विद्यमान र नयाँ कानुन र संरचनात्मक परिवर्तनहरू प्रयोग गरी राष्ट्रिय र राज्य दुवै तहमा हिन्दू राज्यको आफ्नो वैचारिक दृष्टिकोणलाई व्यवस्थित गर्‍यो ।’

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : २० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी