१५ भदौ २०८३, सोमबार | August 31, 2026

बाँकेको आठ स्थानीय तहमा उम्मेदवारी



नेपालगञ्ज । आसन्न स्थानीय निर्वाचनका लागि बाँकेको सबै आठ स्थानीय तहमा उम्मेदवारी परेको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाको लागि मात्र १८ जनाले प्रमुख र १० जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन ।

कोहलपुर नगरपालिकामा प्रमुखका लागि १५ र उपप्रमुखका लागि १० ले मनोनयन दर्ता गराएका छन । खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि ९ र उपाध्यक्ष पदका लागि ६, जानकी गाउँपालिकाकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ८ ले मनानयन दर्ता गरेका छन । डुडुवा गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै जिल्लाको दुर्गम मानिने नरेनापुर गाउँपालिकाको अध्यक्षका लागि ४ र उपाध्यक्षका लागि ५ जनाको मनोनयन दर्ता भएको छ । बैजानाथ गाउँपालिकाको अध्यक्षको लागि ९ र उपाध्यक्षको लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा ५ र उपाध्यक्षमा ६ जानको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एमाले), राप्रपा, जनमोर्चा नेपाललगायत स्वतन्त्र रुपमा पनि उमेदवारी दर्ता भएको छ ।

वडाध्यक्षमा सबैभन्दा बढी ११ जना र कममा दुई जनाको उमेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकारी रमा पन्तले आज उमेदवारी उपर उजुरी विरोधको कार्यक्रम रहेको जानकारी दिए ।

बुङगल नगर प्रमुखमा महिलाको उमेदवारी

स्थानीय तहको निर्वाचन-२०७९ मा बझाङको बङ्गल नगरपालिका प्रमुख पदका लागि एक महिलाले उम्मेदवारी दर्ता गरेका छन ।
नेकपा (एमाले)बाट बुङ्गल नगरमा धनदेवी कुँवरले उमेदवारी दर्ता गराएका हुन । कुँवर एमाले जिल्ला कमिटी सदस्य हुन । उमेदवारी दर्तापश्चात कुँवरले अन्याय, असमानता र विभेद् रहित तथा महिला, बालमैत्री र वातावरणमैत्री नगर निमार्णका लागि आफ्नो उमेदवारी रहेको बताए ।

“सबैभन्दा पहिला त हिंसारहित घर र समाज निमार्णमा लाग्नेछु, अन्याय-अत्याचारविरुद्ध, नगरलाई वातावरणमैत्री बनाउने विभिन्न योजना समेट्ने छु” उनले भने । साथै कुँवरले नगरको समग्र विकास, विशेष गरी पिछडिएका वर्ग महिलाको उत्थानका लागि आफ्नो उमेदवारी रहेको बताए ।

कुँवर गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मीनादेवी बोहरा जाग्रीसँग ७७१ मतले उपप्रमुखमा पराजित भएका थिए । नेकपा एमालेले बझाङ जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पदमा महिलालाई अनिवार्य गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ५३ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति