२९ असार २०८३, सोमबार | July 13, 2026

खजुरामा अध्यक्ष तुफानबाट लिए उपाध्यक्ष सहित जनप्रतिनिधिले सपथ



खजुरा । बाँकेको खजुरा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष मन्जु मल्ल, वडा अध्यक्ष र वडा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले नवनिर्वाचित खजुरा गाउँपालिकाका ८ वटा वडा अध्यक्ष र सदस्यहरुलाई कार्यालय परिसरमा सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सासद आइपी खरेल, खजुरा गाउँपालिका निर्वतमान उपाध्यक्ष एकमाया विक, नेपाली कांग्रेस प्रदेश सभापति राजेन्द्र आर्चाय, नेपाली कांग्रेसका गाउँपालिका सभापति रमेश सिंजाली, माओवादी केन्द्रका खजुरा गाउँपालिका अध्यक्ष राज कुमार विक, लगायत विभिन्न राजनिति दलहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रदेश सासद खरेलले गाउँपालिकाको जनप्रतिनिधि भएर निर्वाचित भैसकेपछि आम जनताको भावनालाई समेटेर काम गर्ने व्यक्तिका रुपमा आफुलाई प्रस्तुत गर्न सुझाव दिए । उनले भने, ‘निर्वाचित सम्पुर्ण जनप्रतिनिधिलाई म सफल कार्यकालको शुभकामना दिन चाहन्छु । तपाईहरुको काधमा जिम्मेवारीसँगै थुपै्र चुनौति पनि थपिएका छन । खजुराको विकासका लागि तपाईहरुले सबै राजनितिक दल र जनतालाई समान रुपमा भावना समेटेर अगाडी बढनु पर्छ । विगतको नेतृत्वले गरेको गल्ती यो टिमले गर्ने छैन भन्ने विश्वास छ ।’

नवनिर्वाचित अध्यक्ष तुफानले निर्वाचित सबै जनप्रतिनिधिलाई जनताको साझा नेता बनेर काम गर्न आग्रह गरे । स्थानीय तहको विकासमा जनतासँग हातेमालो गरेर अगाडी बढने उनले बताए । तुफानले भने,‘स्थानीय तहको सरकारको प्रतिनिधित्व गर्ने नेतृत्व हौं हामी । स्थानीय तहको जनसरकारमा जनताको सहभागिता हुनुपर्छ । जनतासँग मिलेर विकासका योजना अगाडी बढनेछन । हाम्रो पाँच वर्ष जनताको सेवक बनेर बित्नेछ । हामी शासक होइन जनतालाई साथमा लिएर हिड्ने हो ।’

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ११ : १४ बजे

आज यी स्थानमा भारीदेखि धेरैभारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको