९ पुस २०८२, बुधबार | December 24, 2025

ओलीको ब्रिफिङ – चुनावमा पार्टीभित्रैबाट लाजमर्दो अन्तरघात भयो तर पार्टी हारेको छैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रबाटै लाजमर्दो अन्तरघात भएको टिप्पणी गरेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र यस्तो अन्तरघात होला भन्ने नसोचेको बताए । ‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, ओलीले भने ‘यसबारे यसबारे गम्भीर समीक्षा गरिन्छ ।’

ओलीले पार्टीको सिट संख्या केही घटेपनि पपुलर मत भने नघटेको जिकिर गरे । सत्ता पक्षले चुनावमा ब्यापक धाँधली गरेको आरोप लगाउँदै ओलीले त्यस्तो अवस्थामा पनि पपुलर मत नघटेका कारण पार्टी हारेको भन्न नमिल्ने जिकिर गरेको सांसद शेरबहादुर तामाङले बताए ।

एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो ।’

के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए ।

संघीय संसदमा मंगलबार प्रस्तुुत गरिएको गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले दोहो¥याएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : ५१ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)