२५ भदौ २०८३, बिहिबार | September 10, 2026

ओलीको आरोप – अमेरिकी मन्त्रीले नेपालमा तिब्बती शरणार्थीलाई उक्साउने काम गरिन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाले तिब्बती शरणार्थीलाई उक्साउने काम गरेको आरोप लगाएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले अमेरिकी मन्त्रीले नेपालको परराष्ट्र नीतिको स्थापित मान्यतालाई खण्डित गर्दै नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरुलाई उक्साउने काम गरेको आरोप लगाएका हुन् । ओलीले त्यस्तो काम बेठिक भएको जिकिर गरेका छन् ।

‘उपविदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मुल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको उहाँको भनाई छ’ अध्यक्ष ओलीको भनाई उदृत गर्दै प्रमुख सचेतक भट्टराईले भने, –‘अमेरिकी उपविदेश मन्त्रीको नेपाल भ्रमणमा केही हाम्रा परराष्ट्र नीतिका स्थापित मुल्यहरु जुन छन त्यसलाई खण्डित गर्ने प्रकारका व्यवहारहरु भयो । हामी सधैभरी हाम्रो परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति छ । हामी जहिलेपनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौँ । हामी अहस्तक्षप र कुनैपनि देशको मामिलामा हामी जहिलेपनि असंलग्न रहदै आएको स्थितिमा तिब्बती शरणार्थीहरुको क्याम्पमा पुगेर त्यहाँ उक्साउने काम गरियो र नेपाली भुमिलाई प्रयोग गर्ने काम गरियो । त्यो बास्तवमा बेठिक थियो भन्ने कुरापनि हाम्रो पार्टीले सविस्तार त्यसको चर्चा गर्नुभयो ।’

जियाले जावलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थी दलाई लामाका नेपालप्रतिनिधिसहित शरणार्थी क्याम्पका प्रमुख, निर्वासित तिब्बत संसदमा नेपालबाट प्रतिनिधित्व गर्ने सांसदहरु लगायतलाई भेट गरेकी थिइन ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ३१ बजे

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त