१६ बैशाख २०८१, आइतबार | April 29, 2024

ओलीको आरोप – अमेरिकी मन्त्रीले नेपालमा तिब्बती शरणार्थीलाई उक्साउने काम गरिन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाले तिब्बती शरणार्थीलाई उक्साउने काम गरेको आरोप लगाएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले अमेरिकी मन्त्रीले नेपालको परराष्ट्र नीतिको स्थापित मान्यतालाई खण्डित गर्दै नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरुलाई उक्साउने काम गरेको आरोप लगाएका हुन् । ओलीले त्यस्तो काम बेठिक भएको जिकिर गरेका छन् ।

‘उपविदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मुल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको उहाँको भनाई छ’ अध्यक्ष ओलीको भनाई उदृत गर्दै प्रमुख सचेतक भट्टराईले भने, –‘अमेरिकी उपविदेश मन्त्रीको नेपाल भ्रमणमा केही हाम्रा परराष्ट्र नीतिका स्थापित मुल्यहरु जुन छन त्यसलाई खण्डित गर्ने प्रकारका व्यवहारहरु भयो । हामी सधैभरी हाम्रो परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति छ । हामी जहिलेपनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौँ । हामी अहस्तक्षप र कुनैपनि देशको मामिलामा हामी जहिलेपनि असंलग्न रहदै आएको स्थितिमा तिब्बती शरणार्थीहरुको क्याम्पमा पुगेर त्यहाँ उक्साउने काम गरियो र नेपाली भुमिलाई प्रयोग गर्ने काम गरियो । त्यो बास्तवमा बेठिक थियो भन्ने कुरापनि हाम्रो पार्टीले सविस्तार त्यसको चर्चा गर्नुभयो ।’

जियाले जावलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थी दलाई लामाका नेपालप्रतिनिधिसहित शरणार्थी क्याम्पका प्रमुख, निर्वासित तिब्बत संसदमा नेपालबाट प्रतिनिधित्व गर्ने सांसदहरु लगायतलाई भेट गरेकी थिइन ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ३१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क