२९ असार २०८३, सोमबार | July 13, 2026

चुनाव जित्न सत्तापक्षबाट हिंसा मच्चाइयो, पञ्चायती चुनावमा समेत नभएको धाँधली गरियो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा व्यापक धाँधली भएको आरोप पुनः दोहोर्याएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्तापक्षबाट जसरी पनि चुनाव जित्नुपर्ने मनासायका साथ चुनावमा धाँधली गरेको आरोप लगाए ।

ओलीले चुनाव जित्नैका लागि धेरै ठाउँमा बुथ क्याप्चर गरिएको, हत्या हिंसा मच्चाइएको समेत आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।

धाँधलीपूर्ण निर्वाचन गराएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको निर्वाचन स्थगित नभएको दाबी गरे । ‘प्रतिपक्षी दलका कारण कतै पनि निर्वाचन स्थगित भएन,’ ओलीले भने, ‘तर, राज्य संयन्त्र प्रयोग गरेर निर्वाचनमा धाँधली गरियो । पञ्चायतकालमा पनि नभएको धाँधली यसपटक गरियो ।’

प्रतिपक्षी दल सकाउने गरी सत्तारुढ गठबन्धन चुनावमा होमिएको आरोप लगाउँदै उनले लोकतन्त्रको मूल्यमान्यतामा रहने एमालेलाई सकाउने गरी गठबन्धन लागेको आरोप लगाए । एमालेलाई हराउनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुले नै धाँधलीका लागि खुलेआम भाषण गरेको जिकिर गरे ।

ओलीले आफ्नो पार्टी लोकतन्त्रका लागि प्रतिवद्ध भएको दाबी गरे । आफ्नो पार्टी राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिएर आएको पार्टी भएको बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : ३२ बजे

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

बागलुङ । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै

पूर्वाधार विकासमा अग्रसर व्यास

तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि