२९ असार २०८३, सोमबार | July 13, 2026

कांग्रेस बिपीका नेताहरू राप्रपामा प्रवेश



काठमाडौं । नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस बिपी उपाध्यक्ष सुदर्शन सिटौला, सहमहामन्त्री दिपक कार्कीसहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराएका हुन् ।

राप्रपा पार्टी कार्यालयमा धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले उनीहरूलाई राप्रपामा प्रवेश गराएका हुन् ।

कांग्रेस बिपीका केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुव थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायतका नेताहरू राप्रपामा प्रवेश गरेका हुन् ।

साथै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : १८ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले