१४ पुस २०८२, सोमबार | December 29, 2025

रोहिणी खोलामा पुलबाट बस खस्यो, ९ जनाको मृत्यु



बुटवल । रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस पुलबाट खसेर दुर्घटनाग्रस्त भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस बिहान ४ः३० बजे भैरहवा–परासी सडक खण्ड अन्तर्गत रोहिणी पुलबाट खोलामा खसेको हो ।

पुलबाट खोलामा बस खस्दा बसमा सवार नौ जनाको मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक एवं रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । प्रहरीले मृतकको सनाखत गर्ने प्रयास गरिरहेको छ ।

गुडिरहेको अवस्थामा चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

तीनवटा जेसीभीको प्रयोग गरेर दुर्घटनामा परेको बसलाई सुल्टो बनाएर यात्रुको उद्धार गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ८ : १८ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य