१४ पुस २०८२, सोमबार | December 29, 2025

रोहिणी खोला दुर्घटना अपडेट : ५ जना मृतकको पहिचान खुल्यो



बुटवल । आज बिहान रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ९ जना मध्य ५ जनाको सनाखत भएको छ । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारकालागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भिम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।

पहिचान खुलेका मृतकहरुमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल छन् भने भीम अस्पतालमा मृत्यु हुने चार जनामध्ये रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । भारतीय नागरिक ४० बर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान साढे ४ बजे पुलबाट खसेको थियो ।

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ८ : ३२ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य