२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

रोहिणी बस दुर्घटना – घाइतेको छिटो उपचारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको छिटो उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पु¥याएर उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन् ।

घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा.शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासनप्रमुख तेज केसीलाई घाइतेहरूको छिटो उपचारको व्यवस्था गर्न गृहमन्त्रीले आग्रह समेत गरेका छन् ।

रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार आज बिहान करिब ४ः४५ बजे बस दुर्घटना भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नं।बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार मृत्यु हुनेमा १ महिला र ८ पुरुष छन् ।

मृतकमध्ये रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको छ । बाँकीको ४ जनाको सनाखत हुन बाँकी छ । बसमा सवार अन्य ३३ जना घाइते छन् ।

बसका चालक निदाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ९ : ५० बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित