१० असार २०८३, बुधबार | June 24, 2026

उद्योगी व्यवसायीको समस्या बुझ्न व्रिटिस राजदूतावासको टिम बुटवलमा



बुटवल । ब्रिटिस राजदूतावासको टिमले बुटवल उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर उद्योगी व्यवसायीले व्यहोर्नुपरेको समस्याका विषयमा चासो व्यक्त गरेको छ । बुटवलका उद्योगी व्यवसायी भेट्न बुटवल पुगेको राजदूतावासको टिमले बुटवल उद्योग बाणिज्य संघका पदधिकारीहरुसँग छलफल गर्दै त्यस क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्यामा चासो राखेको हो ।

मंगलबार बुटवल पुगेको ब्रिटिस एम्बेसीको टिमले सरकारी नीतिले औद्योगिक तथा व्यवसायिक क्षेत्रका पारेको प्रभाव तथा प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका समस्या, चुनौती र समाधानका उपायका बारेमा अन्तरक्रियाथ्मक छलफल गरेको हो ।

ब्रिटिस एम्बेसीको टिमले विशेष गरेर व्यवसायिक कृषि, पर्यटन, उत्पादनमुलक उद्योग, निर्माण तथा आईटी क्षेत्रका उद्योगी व्यवसायीसंग विकास क्रमको वर्तमान अवस्था, सरकारी नीति र सम्बन्धित क्षेत्रमा त्यसले पारेको प्रभावहरु, प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका सम्भावना, चुनौती र समाधानका उपायहरुका बारेमा चासो राखेको थियो ।

छलफल कार्यक्रममा बोल्दै एम्बेसीका निर्देशक अर्थशास्त्री प्रोफेसर अडनान खानले उद्यागी व्यवसायीलाई नीतिगत रुपमा के कस्ता समस्याहरु छन् र ती समस्या समाधान कसरी गर्न सकिन्छ भन्नको लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले प्राप्त सुझाव सल्लाहहरु सम्बन्धित ठाउँमा पु¥याएर समाधानको लागि पहल गर्ने पनि जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्दै उद्योग व्यवसाय सञ्चालन गर्दा सरकारको नीतिका कारण उद्योगी व्यवसायी मर्कामा गरेको र कतिपय नीतिहरु सुधार गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गरे ।

त्यस्तै संघका कार्यक्रम अधिकृत केशव ढकालले संघका कार्यक्रम तथा योजनाको बारेमा जानकारी गराउँदै यस क्षेत्रको आर्थिक तथा व्यवसायिक अवस्था र विद्यमान नीतिहरुको बारेमा जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा यु.के. ए.आई.डि. सीप परियोजनाका टिम लिडर बलाजित बोहोराले सहजिकरण गरेका थिए भने कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्भवत राजदूतावास स्तरबाट सिधै उद्योगी व्यवसायीको समस्या बुझ्दै हिँडेको यो नै पहिलो घटना हो ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ६ : ५७ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको