२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

आईटीएफ एसिया यु-१२ टिम टेनिस आजबाट



काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिताको रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया आज सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए ।

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने छन् । पाकिस्तानबाट भने ३ ब्वाइजले मात्र खेल्नेछन् ।

टिम टेनिसमा २ सिंगल्स र १ डबल्स खेल हुनेछ । नेपालबाट ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको टेनिस संघले जनाएको छ ।

नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । ब्वाइज÷गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्रले काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् । पाँचदिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित ८ लाख ८९ हजार ३ सय रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

प्रतियोगिताका लागि आईटीएफ रेफ्री प्रवीणकुमार नायक र आईटीएफ प्रतिनिधि जोनाथन स्तब्स नेपाल आइसकेका छन् । स्तब्सले दक्षिण एसियाका सातै राष्ट्र प्रतियोगितामा सहभागी हुनु खुशीको कुरा भएको बताए ।

केटीएम सिटीले नेपाली खेलाडी र अफिसियलका लागि पोशाक प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : १६ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा