७ आश्विन २०८३, बुधबार | September 23, 2026

आचार्य वैदिक परिषद रुपन्देहीबाट पहिलोपटक रक्तदान



बुटवल । रुपन्देहीका कर्मकाण्ड सेवा गर्ने पण्डितहरुको संस्थाले पहिलो पटक रक्तदान गरेको छ। कर्मकाण्ड सेवा गर्ने ब्राम्हण पुरोहितहरुको संस्थाले नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा पहिलो पटक रक्तदान गरेको हो।

रक्तदान जिवनदान भन्ने नारासहित वार्षिक कार्यक्रममा समावेश गरि रक्तदानलाई नियमित गर्न थालिएको परिषदका अध्यक्ष आचार्य विष्णु ज्ञवालीले बताए। ‘सम्भवत देशमा नै हामिले पहिलोपटक रक्तदान कार्यक्रम गरेका छौ ।’ उनले भने, ‘मानविय सेवामध्येकै सबैभन्दा उत्कृष्ट कार्य रक्तदान हो ।’

परिषदका उपाध्यक्ष तथा संयोजक ध्रुवशरण ढुंगानाले रगत अभावलाई मध्येनजर गरि सामाजिक कार्यमध्येकै उत्तम कार्य स्वरुप कार्यक्रम गरिएको बताए।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको उनले जानकारी दिए।

धार्मिक संस्कार जगेर्ना गर्ने उदेश्यका साथ संगठित भएका उनिरहरु मानविय जीवन चलाउने कर्मकाण्ड पेशा गर्दछन। संस्थामा करीब २ सय बढि सदस्यहरु रहेका छन।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११