४ पुस २०८२, शुक्रबार | December 20, 2025

आचार्य वैदिक परिषद रुपन्देहीबाट पहिलोपटक रक्तदान



बुटवल । रुपन्देहीका कर्मकाण्ड सेवा गर्ने पण्डितहरुको संस्थाले पहिलो पटक रक्तदान गरेको छ। कर्मकाण्ड सेवा गर्ने ब्राम्हण पुरोहितहरुको संस्थाले नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा पहिलो पटक रक्तदान गरेको हो।

रक्तदान जिवनदान भन्ने नारासहित वार्षिक कार्यक्रममा समावेश गरि रक्तदानलाई नियमित गर्न थालिएको परिषदका अध्यक्ष आचार्य विष्णु ज्ञवालीले बताए। ‘सम्भवत देशमा नै हामिले पहिलोपटक रक्तदान कार्यक्रम गरेका छौ ।’ उनले भने, ‘मानविय सेवामध्येकै सबैभन्दा उत्कृष्ट कार्य रक्तदान हो ।’

परिषदका उपाध्यक्ष तथा संयोजक ध्रुवशरण ढुंगानाले रगत अभावलाई मध्येनजर गरि सामाजिक कार्यमध्येकै उत्तम कार्य स्वरुप कार्यक्रम गरिएको बताए।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको उनले जानकारी दिए।

धार्मिक संस्कार जगेर्ना गर्ने उदेश्यका साथ संगठित भएका उनिरहरु मानविय जीवन चलाउने कर्मकाण्ड पेशा गर्दछन। संस्थामा करीब २ सय बढि सदस्यहरु रहेका छन।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको