१७ बैशाख २०८१, सोमबार | April 29, 2024

हामीले चुनाव मात्र लडेनौं, अधिनायकवादसँग लड्यौँ : केपी ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनावमात्र लडेर एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले चुनावमात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको बताएका हुन् ।

‘हामीले चुनावमात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नु पर्‍यो,’ ओलीले भने, ‘उनीहरुसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’

सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ । ओलीले एमालेलाई सिध्याउन सबै शक्ति लागेपनि त्यो पूरा हुन नसकेको जिकिर गरे । उनले भने, ‘सबै एकातिर भएर लोकतान्त्रिक अभ्यासको नाममा तानाशाह ढंगले अनेक प्रोपोगाण्डा मच्चाइयो यस्तो अवस्थामा चुनावको सामना गर्नुभयो चानचुने कुरा होइन ।’

पार्टीकै अस्तित्व मेटाउन खोजे पनि एमाले प्रमुख राजनीतिक पार्टी भएको दाबी गर्दै ओलीले पाँच वर्षसम्म आलोचना गर्ने ठाउँ नदिइ काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : ३९ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा