३० असार २०८३, मंगलबार | July 14, 2026

ओलीको विश्लेषण – लक्षण श्रीलंकासम्म पुग्ने नै देखिन्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलंकाको गतिमा जान लागेको दाबी गरेका छन् ।

सोमबार सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले सरकारको गतिविधिका कारण देशको आर्थिक स्थिति श्रीलंकाको जस्तो संकटग्रस्त हुनेअवस्थामा देखिएको दाबी गरेका हुन् ।

ओलीले अर्थतन्त्रको असहज परिस्थितिलाई रोक्न नसक्ने हो भने नेपाललाई श्रीलंकाकै स्थितिमा पुर्‍याउने दाबी गरे । उनले भने, ‘त्यसको प्रभाव कम्तिमा श्रीलंकासम्म पुग्ने लक्षण देखिन्छ। यही ढंगमा जाने र यो अधोगतिमा ब्रेक लगाइन भने श्रीलंका पुग्छ। त्यस भन्दा अगाडि बढ्न पनि सक्छ । यो अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ ।’

ओलीले भने, ‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ । न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव कम्तिमा श्रीलंकमा पुग्ने लक्षण देखिँदैछ ।’

‘बजेट निर्माणमा अनाडि मान्छेहरू सम्लग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ । कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी, अवान्छित तत्वहरूको हात घुसाउने काम गरेको उनले बताए ।

 

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ३३ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता