१२ बैशाख २०८१, बुधबार | April 24, 2024

काठमाडौंमा वर्षाले राहत, भोलिदेखि मनसुन सक्रिय हुनसक्ने सम्भावना



काठमाडौं । तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौंमा वर्षा भएको छ । जसकारण ‘हल्का राहत’ महसुस भएको छ । उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो ।

तर, मनसुनको न्युन चापिय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

आज दिउँसो पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन महाशाखाले गरेको छ ।

मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने ठानिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार वर्षाको सम्भावना छ ।

मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

बुधबार देशका पहाडी भू-भागका धेरै स्थान र अन्य भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ०९ बजे

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै