१० पुस २०८२, बिहिबार | December 26, 2025

ओलीले भने – मंसिरमा हुने निर्वाचन सार्ने षड्यन्त्र हुँदैछ, यसलाई तलमाथि हुन दिनुहुँदैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन मंसिरमै हुनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रतिनिधि सभा र प्रदेशकोको निर्वाचन सार्ने खतरा रहेको बताए । ओलीले निर्वाचन सार्ने षड्यन्त्रलाई असफल बनाइने दाबी पनि गरे । ‘आगामी मंसिरमा चुनाव गराउनुपर्छ। यसलाई तलमाथि हुन दिनु हुँदैनु’, ओलीले भने ।

ओलीले निर्वाचनपछि संघ र प्रदेशमा राष्ट्रवादी सरकार बन्नुपर्ने धारणा राखे । ‘राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ’, ओलीले थपे, ‘आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ ।’

ओलीले सरकार सञ्चालकहरु भ्रष्ट र अयोग्य सावित भएको आरोप समेत लगाए । देशको देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेलेर सरकारले अक्षम्य अपराध गरेको उनले जिकिर गरे । ओलीले देशको भविष्य नै के होला भन्ने अवस्था सिर्जना भएको टिप्पणी गर्दै भने ‘आफ्ना स्वार्थका पछाडि नकुद्ने व्यक्तिले सोच्यो भने मन थाम्न नसक्नेगरी ववर्वादीतर्फ देश जाँदैछ ।’

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ३८ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र