२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेता कार्यकर्तालाई माधव नेपालको निर्देशन – चुनाव जित्न गठबन्धनको भर नपर्नुस



काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले चुनाव जित्न गठबन्धनको भर नपर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौंमा बुधबार केन्द्रीय पार्टी स्कूल विभागले गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनाव आफ्नै बल बुतामा जित्नुपर्ने बताएका हुन् । गठबन्धनको भर पर्दा अर्काले जिताइदेला भन्ने भर पर्ने बताउँदै नेपालले आफ्नै पहलमा पार्टी संगठन बलियो बनाएर चुनाव जित्नुपर्ने बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा भएका समस्या नोट गरेर समाधानको बाटोमा लाग्न निर्देशन दिए । उनले आफ्नो पालिकामा भएका समस्यालाई नोट गरेर प्राथमिकताका आधारमा समस्या समाधान गर्न पनि निर्देशन दिए ।

शिक्षा, स्वास्थ्य, खानेपानीदेखि पौष्टिक आहारको व्यवस्थालाई ध्यान दिन निर्देशन दिँदै उनले सिँचाइललगायतका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न निर्देशन दिए ।

केन्द्र सरकारसँँग पहुँच बढाउन पनि आग्रह गरेका अध्यक्ष नेपालले आफ्नो पालिकाको विकास र समृद्धिका लागि योजनावद्ध ढंगले अघि बढ्न निर्देशन दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १ : ०४ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको