७ आश्विन २०८३, बुधबार | September 23, 2026

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानको मृत्यु



चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ ।

श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए ।

श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा रातिनै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी झगडाका कारण घरको तेस्रो तल्लाको बैठक कोठामा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ । -रासस

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ०१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज