१५ बैशाख २०८१, शनिबार | April 27, 2024

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानको मृत्यु



चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ ।

श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए ।

श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा रातिनै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी झगडाका कारण घरको तेस्रो तल्लाको बैठक कोठामा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ । -रासस

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ०१ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।