१८ माघ २०८२, आइतबार | February 1, 2026

निरन्तरको वर्षाले पोखरा महानगरपालिका १३ का सय घर डुबानमा



पोखरा । भारी वर्षाका कारण पोखरा महानगर-१३ कमलपोखरीमा १०० घर डुबानमा परेका छन् ।

आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर-१३, कमलपोखरी क्षेत्रमा १०० घरहरु डुबानमा परेको हो ।

पोखरा महानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले भने आइतबार साँझदेखि निरन्तर वर्षापछि डुबानमा परेको स्थानमा रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिडिरहेको छु ।

‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँ खोलाबाट आएको पानीले डुबान पारेको हो ।’

पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको छ । पोखरा-१३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो । पछिल्लो २४ घन्टामा पोखरामा २५० मिलिलिटर पानी परेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ११ : २९ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा