२० बैशाख २०८१, बिहिबार | May 2, 2024

चिनियाँ सार्वभौमसत्तामाथि अमेरिकाले अतिक्रमण गरेको भन्दै नेमकिपाद्वारा विरोध



काठमाडौं । नेपाल मजदुर किसान पार्टीले एशिया महादेश र विश्वमा अमेरिकाले अशान्ति फैलाइरहेको भन्दै विरोध गरेको छ ।

नेमकिपाले आज एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकाले चीनलाई उत्तेजित बनाएर एसियामा अशान्ति फैलाउने र युद्ध थोपर्ने चालबाजी गरिरहेको आरोप लगाएको हो । विज्ञप्तिमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेर चीनलाई उत्तेजित बनाएको भन्दै विरोध गरेका छन् । ताइवान चीनको अभिन्न अंग भएको भन्दै अध्यक्ष विजुक्छेले अमेरिकी सभामुखले त्यहाँ गएर उत्तेजनात्मक गतिविधि गरेको आरोप लगाएका छन् ।

विजुक्छेले भनेका छन्, ‘चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तोजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्दै आएको सर्वविदित छ । त्यसैको सिलसिला अन्तर्गत पेलोसीको ताइवान भ्रमण भएको प्रष्ट छ, निश्चय पनि यसको परिणाम वाइडेन प्रशासनले भोग्नुपर्नेछ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ ।’

नेमकिपाले अमेरिकाले एक चीन नीतिलाई स्वीकार गरे पनि व्यवहारमा चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने षड्यन्त्र गरिरहेको आरोप समेत लगाएको छ ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १ : ३४ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य