१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चिनियाँ सार्वभौमसत्तामाथि अमेरिकाले अतिक्रमण गरेको भन्दै नेमकिपाद्वारा विरोध



काठमाडौं । नेपाल मजदुर किसान पार्टीले एशिया महादेश र विश्वमा अमेरिकाले अशान्ति फैलाइरहेको भन्दै विरोध गरेको छ ।

नेमकिपाले आज एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकाले चीनलाई उत्तेजित बनाएर एसियामा अशान्ति फैलाउने र युद्ध थोपर्ने चालबाजी गरिरहेको आरोप लगाएको हो । विज्ञप्तिमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेर चीनलाई उत्तेजित बनाएको भन्दै विरोध गरेका छन् । ताइवान चीनको अभिन्न अंग भएको भन्दै अध्यक्ष विजुक्छेले अमेरिकी सभामुखले त्यहाँ गएर उत्तेजनात्मक गतिविधि गरेको आरोप लगाएका छन् ।

विजुक्छेले भनेका छन्, ‘चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तोजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्दै आएको सर्वविदित छ । त्यसैको सिलसिला अन्तर्गत पेलोसीको ताइवान भ्रमण भएको प्रष्ट छ, निश्चय पनि यसको परिणाम वाइडेन प्रशासनले भोग्नुपर्नेछ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ ।’

नेमकिपाले अमेरिकाले एक चीन नीतिलाई स्वीकार गरे पनि व्यवहारमा चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने षड्यन्त्र गरिरहेको आरोप समेत लगाएको छ ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १ : ३४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू