१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरेपनि एमाले खुसी छ : सुवास नेम्वाङ



बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरेर एमालेको माग पुरा गरेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दवाव, एमालेको माग र सबैको आशंकाकाबीचमा सरकारले छापामार शैलीमा मंसिर ४ गते निर्वाचनको घोषणा गरेको बताएका हुन् ।

उनले संसदीय पद्दती र परम्परामा निर्वाचन घोषणा जस्तो महत्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरि निर्णय नहुने भएपनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सरसल्लाह नगरि निर्वाचनको घोषणा गरेको बताए । निर्वाचनको घोषणाबाट एमाले खुसी भएको स्पष्ट पार्दै उनले अव सम्पूर्ण बहिखाता बोकेर एमाले निर्वाचनमा जाने बताए । निश्पक्ष निर्वाचन हुनेमा एमाले बिश्वस्त रहेको उल्लेख गर्दै उनले निश्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने स्पष्ट पारे । ‘एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’ उनले भने, ‘जनताले दुधका दुध पानीका पानी छुट्याईदिने छन् ।’

संघीयताका विपक्षका एमालेका कार्यकर्ताहरुले बिभिन्न धारणा सार्वजनिक गरेको भएपनि एमालेको आधिकारीक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको नेम्वाङले बताए । कसैको व्यक्तिगत धारणा आएको भएपनि एमाले संघीयताकै पक्षमा दृढ रहेको उनको भनाई छ ।

अहिलेको गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उनले संसारभर चलेको संसदीय मुल्यमान्यता विपरित नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको बताए । ‘सत्तापक्ष प्रतिपक्षका विरुद्ध धुलोपिठो पार्छु भन्दै हिँडेको छ ।’ उनले भने, ‘यस्तो संसदीय व्यवस्थामा दुनियामा हुँदैन ।’

उपाध्यक्ष नेम्वाङले गभर्नर महाप्रसाद अधिकारी पूर्व एमाले भएपनि एम अधिकारी भनेको महाप्रसाद नभएको दाबी गर्दै अमेरिकाबाट आएको अबैध रकम रोक्न खोजेकै कारण अभर्नर माथि निलम्बनको कारवाही गरिएको बताए ।

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : १९ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको