१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना छैन, राम्रो मेहनत गरे बहुमत ल्याउन सक्छौं’ : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने उनको भनाइ छ ।

‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्‍यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने ।

ओलीले यसअघि मनमोहन अधिकारीको सरकारलाई पनि अदालत प्रयोग गरेर चल्न नदिएको दाबी गरे । ‘२०५१ मा एमालेको अल्पमतको सरकार चल्न दिएनन् । उही अदालत प्रयोग गरियो । त्यसबेला पनि ठूलो दलको हैसियतले हामीले सरकार चलाएका हौं । गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा सही, मनमोहन अधिकारीले संसद् विघटन गर्दा हराइयो । व्यक्तिलाई हेरेर अदालतबाट मुद्दाको छिनोफानो गरियो । कांग्रेसले अहिले थप सुविधा पायो । वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पायो । नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको थिएन,’ ओलीले भने ।

ओलीले अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र भएको दाबी गरे । ‘अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र हो । बिँड भनेको कम्युनिस्टधारी काठ हुन् । जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ,’ उनले भने ।

ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताए । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरे ।

उनले पाँच वर्ष यही गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए । ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।

उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड र?’ ओलीले भने ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ०६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम