२७ माघ २०८२, मंगलबार | February 10, 2026

‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना छैन, राम्रो मेहनत गरे बहुमत ल्याउन सक्छौं’ : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने उनको भनाइ छ ।

‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्‍यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने ।

ओलीले यसअघि मनमोहन अधिकारीको सरकारलाई पनि अदालत प्रयोग गरेर चल्न नदिएको दाबी गरे । ‘२०५१ मा एमालेको अल्पमतको सरकार चल्न दिएनन् । उही अदालत प्रयोग गरियो । त्यसबेला पनि ठूलो दलको हैसियतले हामीले सरकार चलाएका हौं । गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा सही, मनमोहन अधिकारीले संसद् विघटन गर्दा हराइयो । व्यक्तिलाई हेरेर अदालतबाट मुद्दाको छिनोफानो गरियो । कांग्रेसले अहिले थप सुविधा पायो । वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पायो । नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको थिएन,’ ओलीले भने ।

ओलीले अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र भएको दाबी गरे । ‘अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र हो । बिँड भनेको कम्युनिस्टधारी काठ हुन् । जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ,’ उनले भने ।

ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताए । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरे ।

उनले पाँच वर्ष यही गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए । ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।

उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड र?’ ओलीले भने ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ०६ बजे

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत