२४ श्रावण २०८३, आइतबार | August 9, 2026

प्रतिनिधिसभा बैठक : प्रत्यायन विधेयक बहुमतले पारित



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गर्नुभएको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो ।

विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहँुच गराउनु रहेको बताए। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पु¥याउने उहाँले विश्वास व्यक्त गरे ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारीले अत्यावश्यक विधेयक सदनमा आएको बताए । सांसद नवराज सिलवालले प्रत्यायन विधेयक ल्याएकामा सरकारलाई धन्वयाद दिए ।

उनले नेपाली उत्पादनलाई विश्व बजारमा पु-याउन तथा निरीक्षण र प्रमाणीकरण गर्नका लागि आधिकारिकता प्रदान गर्ने भएकाले पनि उक्त विधेयक महत्वपूर्ण रहेको बताए । उनले विधेयकमा नेपालको उत्पादन हो भनेर प्रमाणीकरण हुने भयो तर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सन्दर्भमा पनि विशेष ध्यान दिन आग्रह गरे ।

छलफलमा सांसद प्रेम सुवालले राखेको संशोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ २ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : २५ बजे

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार