१२ आश्विन २०८३, सोमबार | September 28, 2026

केन्या र नेपाल प्रतिस्पर्धा गर्दै



काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयाता सुधार लक्ष्यसाथ केन्या भ्रमणमा निस्केको नेपाली टोलीले आज घरेलु टोलीसँग खेल खेल्दै छ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याविरुद्ध पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले केन्यामा पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेल्नेछ ।

केन्या र नेपालबीच खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । नेपालले यसअघिको दुई ट्वान्टी-२० खेलमा केन्यालाई हराएको छ । तथापि, ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र केन्या पहिलोपटक खेल्न लागेका हुन् ।

यो खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरका लागि पहिलो खेल हो ।

यसअघि, २०१२ को आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याको पहिलो पटक आमने सामने भएका थिए । २०१४ को ट्वान्टी-२० विश्वकप छनोटमा नेपाल र केन्याबीच दोस्रो पटक प्रतिस्पर्धा भएको थियो । २०१४ मा नेपालले विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ९ : २० बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव

देउवा कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ३० हजार शुल्क, कुन पदमा कति ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको

सेयर बजार १६ अंकभन्दा बढीले घट्यो, कारोबार ५ अर्ब ३८ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध