१० पुस २०८२, बिहिबार | December 25, 2025

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : नेता पोखरेल



अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका छन् ।

प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा। पोखरेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्टाए ।

ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णत असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियोे । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा‍ पोख्रेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा पोख्रेलले गठबन्धनभित्रको सिट बाँडफाँट १६ भदौसम्म टुंगो लाग्ने पनि बताए । नेता पोख्रेलले प्यूठानमा गठबन्धनबाट आफू साझा उम्मेदवारर बन्ने सम्भावनामाथि पनि सङ्केत गरे ।

डा। पोख्रेल जनताको साथमा काङ्ग्रेसअन्तर्गत अर्घाखाँचीको कार्यक्रम उद्घाटन गर्न सन्धिखर्कमा आएको काङ्ग्रेस अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  २ : ३२ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न