२० बैशाख २०८३, आइतबार | May 3, 2026

एकीकृत समाजवादीलाई रुपन्देहीमा ठूलो झड्का, समाजवादीका केन्द्रीय सदस्य डा. चापागाई नै एमालेमा प्रवेश



बुटवल । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नपाउने निश्चित जस्तै बनेपछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईले नेकपा एमाले प्रवेश गरेका छन् ।

निर्वाचन नजिकिँदै गएका बेला एकीकृत समाजवादीको रुपन्देही जिल्ला ईन्चार्जबाट हटाउनुका साथै टिकट पनि नपाउने निश्चित भएपछि चापागाई एमालेमा फर्केका हुन् । उनलाई एमाले फर्काउन एमाले उपाध्यक्ष बिष्णु पौडेलले शनिबार सँगै काठमाडों लिएर गएका थिए । पौडेलले अध्यक्ष केपी ओलीको हातबाट खादा र टिका लगाउन लगाएर चापागाईलाई पार्टी प्रवेश गराएका हुन् ।

शुरुमा लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षको आश्वासन दिईएको तथा निर्वाचनमा टिकट दिने भनिएपनि अस्पतालको अध्यक्ष र टिकट दुबै नपाएपछि चापागाईले एमाले रोजेको एकीकृत समाजवादी स्रोतले दाबी गरेको छ । पत्रकार महासंघको सदस्यता कायम राखेर सक्रिय राजनीतिमा क्रियाशिल चापागाईले एकैदिनमा पत्रकार र राजनीतिकर्मी दुबैरुपमा प्रस्तुत हुँदै आएका थिए ।

एकीकृत समाजवादीले केही समयअघि चापागाईलाई हटाएर राजु गुरुङलाई पार्टीले रुपन्देही इन्चार्ज बनाएको थियो । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दलबदल हुने क्रमले तिब्रता पाएको छ ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ११ : २१ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज