३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ८८ जनाको पिसिआर र एक हजार चार सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा एक सय ६५ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार पाँच सय ६० पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ४० रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार छ सय ७८, संस्थागत आइसोलेशनमा ६२ र आइसियुमा २० सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम र दार्चुला छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा छ सय ६८, ललितपुरमा दुई सय ७२ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : १७ बजे

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको

कामी रिता शेर्पाको ३२ औँ सगरमाथा आरोहण, फेरि तोडे आफ्नै विश्व कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र

मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद

मुस्ताङ । नेपाल-न उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ