४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुरेन्द्र पाण्डेले पाए चितवन-१ मा टिकट



काठमाडौं । चितवन क्षेत्र नं. १ मा एमालेबाट सुरेन्द्र पाण्डेले टिकट पाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष पाण्डेलाई टिकट दिएका हुन् । विगतमा माधवकुमार नेपाल पक्षधर रहेका पाण्डे पछि एमालेमा १० बुँदे हस्ताक्षरकर्ता रहेका थिए । पाण्डेसँगै पूर्व जिल्ला उपाध्यक्ष जेएन थपलियाको नाम पनि सिफारिस भएको थियो ।
यस क्षेत्रको प्रदेशसभातर्फ ‘क’ मा थपलिया र ‘ख’मा प्रकाश खनालले टिकट पाएका छन् ।

क्षेत्र नं. २ मा भने कृष्णभक्त पोखरेलले लगातार तीन पटक टिकट पाएर ह्याट्रिक गरेकाछन् । प्रदेशसभातर्फ २ ‘क’मा कृष्ण सिलवाल र ‘ख’ मा देवी ज्ञवालीले टिकट पाएका छन् ।

क्षेत्र नं. ३ राप्रपासँग समझदारी हुँदा विक्रम पाण्डेले पाउने भएका कारण एमालेले अहिलेसम्म कसैलाई टिकट दिएको छैन । तर प्रदेशसभा तर्फ भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्टले टिकट पाउने भएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको